कमलामाईलाई विपद् पुर्वतयारी योजना, खोज तथा उद्धारका सामग्री हस्तानतरण
असार २६ , सिन्धुली/कमलामाई नगरपालिकालाई विपद् पुर्वतयारी प्रतिकार्य योजना, खोज तथा उद्धारका सामग्री हस्तानतरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा मंगलबार कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेललाई विपद् पुर्वतयारी प्रतिकार्य योजना, खोज तथा उद्धारका सामाग्री हस्तानण गरिएको हो ।
गल्स इस्ट्यानडिङ इस्ट्रङ प्रोक्जेक्ट मार्फत कमलामाई लाई सो सम्बन्धी ६ प्रकारका ४ लाख ३१ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक श्रीराम बैण्ठाले जानकारी दिनुभयो । जसमा टेलिस्कोप २ थान,ड्रिल मेसिन १ थान,स्ट्रेचर २ थान , फायर फाइटर २ थान ,मेगा ह्याण्ड मिक लगायतका सामग्री छन् ।
प्राकृतिक वा अप्राकृतिक विपद्बाट मानिसको जिवनको सुरक्षा गराउनु जिम्मेवार निकाय सबैको दायित्व रहेको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलले बताउनु भयो । पहाडमा पहिरो तराईमा बाढीले बस्तिहरु डुबानमा परेर अक्रान्त पारिरहेको समयमा विपद् व्यवस्थापनका सामाग्री प्रदान गरेर थप सहयोग गर्नुभएकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।
गल्स इस्ट्यानडिङ इस्ट्रङ प्रोक्जेक्ट मार्फत शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा थुप्रै काम गदैँ आएको छ । सोहि प्रोजेक्ट अन्र्तगत भइपरि आउने जोखिमलाई कम गर्नको लागि जिल्लाका विभिन्न सरकारी कार्यालयलाई सामग्री प्रदान गरिसकेको नवराज श्रेष्ठ बतासले जानकारी दिनुभयो ।