नि:शुल्क घुम्ती शिविरबाट तामाजोरका करिब ७ सय जनाले सेवा लिए
जेठ ११, सिन्धुली/नि:शुल्क एकीकृत घुम्ती शिविरबाट घ्याङ्लेख गाउँपालिका – ३ तामाजोरका करिब ७ सय जनाले सेवा लिएका छन् । शुक्रबार (आज ) एकैदिन एकीकृत घुम्ती शिविरबाट ३ नम्बर वडाका ६ सय ९८ बासिन्दा सेवा लिएका हुन् ।
घ्याङ्लेख गाउँपालिकाको आयोजनामा ५ वटै वडामा शिविर सन्चालन हुने गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले जानकारी दिनुभयो । आज शिविरबाट ८१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, १ सय ७२ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।
त्यस्तै १ सय जनाले आँखा जाँच ७५ जनाले आयुर्वेद उपचार, १३६ जनाले कृषकले कृषि सेवा, १ सय ५ जनाले पशु उपचार सेवा, २१ जना ज्येष्ठ नागरिकले परिचयपत्र प्राप्त गरेका थिए भने अन्य ८ जना स्थानीले प्रशासनिक सेवा लिएका छन् ।
गाउँपालिकाको योजना अनुसार भौगोलिक विकटता, आर्थिक स्थिती कमजोर भएका, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई मध्येनजर गर्दै निशुल्क घुम्ती शिविर सन्चालन गरिएको उपाध्यक्ष घलानले बताउनुभयो ।
स्वास्थ्य स्थिती कमजार भएका ज्येष्ठ नागरक , घरायसी कामकाजीमा व्यस्त रहने महिला,कृषक बढी लाभान्भीत भएका छन् । यसअघि वडा नम्बर ५ र ४ नम्बर वडामा उक्त शिविर सन्चालन भइसकेको छ ।