सिन्धुलीमाढीमा होलीको रौनक (फोटो फिचर)

चैत ११, सिन्धुली/आज रंगहरूको पर्व होली । सिन्धुलीको सदरमुकाम माढी बजार लगायत विभिन्न स्थानमा होलिको रौनक छाएको छ । यहाँ एकआपसमा रंग लगाएर सौहाद्र्रपूर्ण वातावरणमा होलि मनाएको देख्न सकिन्छ ।


बालक,युवा देखि बृद्ध बृद्धाहरु एक अर्कालाई रंग्याउँदै होली पर्वको अवसरमा सुखद शुभकामना आदन प्रदान गरेर खुसी साटासाट गरिरहेका छन् ।

सडक,चौतारा, खुल्लामन्च तथा घरको छतहरुमा आफ्नो साथीभाई,परिवार तथा एकै उमेर समूहका मानिसहरुले हुल बनाएर रातो,पहेँलो,हरियो, निलो लगायतको रंगहरु दलेर फागु पूर्णिमा मनाएका छन् ।

नेपाली चाडपर्वहरुले एकआपसमा सामाजिक सद्भाव बढाउने तथा आपसी सम्बन्ध र भातृत्व कायम गर्ने भएकोले विशेष रुपमा मनाइने गरिएको ब्युटीपार्लर व्यवसायी निरु श्रेष्ठले बताउनु भयो ।

“आपसमा मन मिल्ने सँग मात्रै रंग दल्छौँ । जवरजस्ती भन्ने हुँदैन । बर्ष दिनमा मनाइने चाड पर्व सकारात्क रुपमा मनाउनु पर्दछ उहाँले भन्नुभयो ।’

होलीको पहिलो दिन आज पहाडी जिल्लाका साथै तराईमा पनि विभिन्न पहाडी जिल्लाबाट बसाइसराइ गरी आउनेहरूले आ–आफ्नै ढंगले होली मनाउने गरेका छन्।

भोली होलीको दोस्रो दिन तराईमा बिशेष रुपमा मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *