सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या

फागुन १६, सिन्धुली/सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दुधौली नगरपालिका वडा नम्बर १४ ज्यामिनटारका अन्दाजी ३५ बर्षीय बुद्ध बहादुर विकले श्रीमती चेत कुमारी विकको कोदालो प्रहार गरेर हत्या गरेका हुन् ।
घरबाट १ किलो मिटर पर धन्सार स्थित आफ्नै खेतमा श्रीमान,श्रीमतीनै काम गरिरहेको समयमा श्रीमानले एक्कासी टाउँकामा कोदालो प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
हत्या गर्नुको कारण खुलेको छैन । श्रीमतीलाई कोदालो प्रहार गर्ने श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता दाहालले बताउनु भयो । मृतकको शव पोस्टमार्टमका लागि कटारी पठाइएको छ ।
स्थानीको भने बुद्ध बहादुर विक मानसिक रोगी भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *