श्री कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलमिाढीमा दिनभर लाखे नाच प्रदर्शन,दर्शकको घुँइचो

भदौ २०,सिन्धुली/श्री कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलमिाढीमा दिनभर लाखे नाच प्रदर्शन गरिएको छ । नेवार समुदायले “नेवारी पर्वका विशेषता लाखे नाच,मौलिक सँस्कृती जोगाउन आजको माग” भन्ने मुल नारा सहित २ नम्बर बजार स्थित गणेष मन्दिर बाट लाखे नाच लगायत विभिन्न नेवारी नाच प्रदर्शन सुरु गरिएको थियो ।


बिच बजारमा नेवार समुदायले लाखे नाच, गोरु नाच, रोपाइँ नाच लगायत बिभिन्न नाच प्रदर्शन गरेर श्री कृष्ण जन्माष्टमीको मनाएका हुन् ।

सिन्धुलीमा लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेको लाखे नाच प्रदर्शनका कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले बताउनु भयो ।


उहाँले भन्नुभयो “युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच खर्चिलो भएको बताउँदै प्रदर्शन हुन छाडेको थियो । तर विगत केही बर्षबाट सिन्धुलीमा नेवारको संस्कृती जगेर्नाको लागि युवा जागरुक भएको पाइन्छ । ”


सिन्धुलीमाढीको २ नम्बर बजारको गणेष मन्दिर बाट सुरु भएको ¥याली गैरीबजार,१ नम्बर बजार,स्टल बजार,जुनार चोक,धुरा बजार हुँदै ढुङ्ग्रेबासको कृष्ण मन्दिरमा पुगेर समापन गरिने किरण श्रेष्ठले बताउनु भयो ।


सिन्धुलीमा पछिल्लो सयम लाखे नाच हेर्नको लागि मानिसको आकर्षण बढेको छ ।

नेवार समुदायको विभिन्न भेषभुषाम सजिएका मानिस हेर्न र नेवारी नाच हेर्न सिन्धुलीमाढीमा निकै घँुइचो लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *