बिपद् ब्यवस्थापन शाखालाई माहाशाखामा स्तरउन्नती गर्न प्रयास हुँदै छ :मन्त्री श्रेष्ठ

असार १३,सिन्धुली/बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले आन्तरीक मामिला तथा कानुन मन्त्रालयको मातहतमा रहेको बिपद् ब्यवस्थापन शाखालाई माहाशाखाको रुपमा स्तरउन्नती गर्न प्रयास भइरहेको बताउनु भएको छ । बागमती प्रदेशका १३ वटै जिल्लामा बिपद् ब्यवस्थापन गर्ने लक्ष्य सहित शाखालाई माहाशाखाको रुपमा स्तरउन्नती गर्न प्रयास भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आयोजना गरको जिल्ला बिपद् ब्यबस्थापन समिती सिन्धुलीको बैठकमा बोल्नुहुदै मन्त्री श्रेष्ठले भुगोलको अध्ययन नगरी स्वइच्छाले बस्ती बसिरहेकाले नै ठुला जोखिम निम्तिने गरेको तर्क ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो“एकीकृत बस्ती बिकासको लागि स्थानिय तहले जोड गर्नुपर्छ । प्रदेश र संघको पनि क्षेत्राधिकार भित्र पर्ने भएकाले एकीकृत बस्ती बिकासको लागि जोड दिनेछ ।”
मन्त्री श्रेष्ठले बिपद्को मुख्य कारक नै मानिस रहेको बताउनु भयो । डोजरे सस्कृतीको अन्त्य नभए सम्म बाढि,पहिरो,भुक्षय लगायतका प्राकृतिक प्रकोपको बिपद् आइरहने भएकाले स्थानीय सरकारलाई बिकासको आसामा डोजरे सस्कृती भित्रिरहेकाले बन्द गर्न अनुरोध गर्नुभएको छ । जसले बिकास भन्दा पनि बिनास निम्तीरहेको मन्त्री श्रेष्ठले बताउनु भयो ।
पछिल्लो समय सिन्धुलीमा किसानले लगाएको अन्नबाली बाँदर,बँदेल,हा त्ती,दुम्सी लगायतका जंगली जनावारले नष्ट गरिरहेको भन्ने गुनासो पालिकामा आउने गरेको जनप्रतिनिधिले बताएका छन् । जसको रोकथामको लागि प्रदेश सरकारले पहल गरिनुपर्ने माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *