अत्याधिक गर्मी बढ्न थालेपछि सिन्धुलीका स्थानियतहरुले विद्यालय बन्द गर्न थाले
जेठ २१,सिन्धुली/केहि दिन यता अत्याधिक गर्मी बढ्न थालेपछि सिन्धुलीका स्थानियतहरुले विद्यालय बन्द गर्न थालेको छ । गर्मीका कारण पठनपाठनमा प्रतिकुल हुन थालेपछि स्थानियहरुले बिद्यालय बन्द गराएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिकाले पालिका भरिका सामुदायिक तथा सँस्थागत विद्यालय आज(आइतबार) बाट ४ दिनको लागि बन्द गरेको छ । गर्मी बढेर पठनपाठनमा प्रतिकुल भएको भन्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलले बिज्ञप्ती निकालेर बिद्यालय बन्द भएको जानकारी दिनुभएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले पनि बिद्यालय बन्द गराएको छ । गर्मी बढेको भन्दै गाउँपालिकाको आज बसेको शिक्षा समितीको बैठकलले ५ दिनको लागि सामुदायिक तथा सँस्थागत विद्यालय बन्द गराएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिनुभयो ।
मरिण गाउँपालिकाले पनि भोली(सोमबार) बाट ४ दिनको लागि बिद्यालय बन्द गराएको छ । गाउँपालिकाले बिज्ञप्ती जारी गदैँ पठनपाठन सहज रुपमा गराउने नसक्ने अबस्था देखिएको भन्दै पालिका भित्रका सामुदायिक तथा सँस्थागत बिद्यालय बन्द गराएको हो ।
जिल्लाको दुधौली गाउँपालिकाले यस अघिनै एक साताको लागि विद्यालय बन्द गराएको छ ।