लोकतन्त्रको मेरुडण्ड सञ्चार जगत हो : मयेर पोख्रेल
बैशाख ३०; सिन्धुली/नेपाली काँग्रेस सिन्धुलीका सभापति तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलले लोकतन्त्रको मेरुडण्ड सञ्चार जगत भएको वताउनु भएको छ ।
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुलीको सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर पोख्रेलले लोकतन्त्रको विकास र संरक्षण सञ्चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने वताउनु भयो ।
नेपाल प्रेस युनियन सिन्धुलीका सभापति यम चौलागाईको अध्यक्षता तथा मेयर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर पोख्रेलले साना लगानिका स्वरोजगारमुलक सञ्चार संस्थाको संरक्षण र सञ्चारकर्मीको क्षमता विकासको लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेयर पोख्रेलले नेपाल पत्रकार महासंघ सिन्धुली कार्यालयको जग्गा देखि अन्य केहि गैरसरकारी संस्थाहरुले सार्वजनिक सम्पत्ति दुरुपयोग गरिरहेकाले कमलामाई नगरपालिकाले नियन्त्रण गर्ने वताउनुभयो । मयेर पोख्रेलले सर्वजनिक सम्पत्ति संरक्षणको लागि कमलामाई नगरपालिका सक्षम रहेको जनाउनुभयो ।
कार्यक्रममा प्रेस युनियका केन्द्रिय सदस्य कपिल कोईराला, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव राजन गाउँले, नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरि घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।