तिर्थयात्राबाट फर्किएको बुलेरो दुर्घटना हुँदा ८ जना घाइते

चैत्र २८, सिन्धुली/चतरा तिर्थधामबाट फर्किएको बुलेर सिन्धुलीको दुधौली न.पा. ५, सिर्थौलीमा दुर्घटना हुँदा ८ जना घाईते भएको छ ।
मदन भण्डारी राजमार्गको दुधौली ५ सिर्थौलीमा चतारा तिर्थधामबाट भरतपुर चितवनतर्फ जादै गरेको बाग्मती प्रदेश ०३(००१ च ०३३९ नम्बरको बुलेरो अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा बलेरोमा सबार ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।
घाईते हुनेमा चितवन जिल्ला भरतपुर मा.न.पा. ४ बस्ने ४९ बर्षिय चक्र पहाडी सापकोटा, ६३ बर्षिय राम प्रसाद कडेल, ५० बर्षिय भोजराज कडेल, ५५ वर्षिय योग्य पाण्डे, ६१ वर्षिय दुर्गा कडेल, ५० वर्षिय गोमा पौडेल, पर्वत जिल्ला जलजला गा. पा. ८ बस्ने ८५ वर्षिय टिकाराम शर्मा, नवलपुर जिल्ला गैडाकोट न.पा. ११ बस्ने ६० बर्षिय गौरीश्वर पौडेल रहेको प्रहरी नियव निरिक्षक दाहालले जानकारी दिनुभयो ।