हरिहरपुरगढीका १ हजार जनालाई लालपुर्जा वितरणको लागि निस्सा वितरण

चैत्र १४, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबास गरिहेकालाई निस्सा बितरण गरिएको छ । वडा नम्बर २ मा आज १ हजार जनालाई लालपूर्जा वितरणको प्रक्रियाका लागि भूूमिको निस्सा वितरण गरिएको हो ।
भूमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाको उपस्थितीमा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबास गरिहेका २ नम्बर वडाका १ हजार जनालाई निस्सा गर्नुभएको हो ।
लामो समय देखि हरिहरपुरगढी गाउँपालिकामा अब्यवस्थित रुपमा बसोबास गरिरहेका स्थानियलाई ब्यबस्थित गर्ने उदेश्यले भूमि आयोगको सहयोगमा ८ वटै वडामा लालपूर्जा वितरणको प्रक्रियाका लागि भूूमिको निस्सा वितरण गरिने गाउँपालिका अध्यक्ष वाइवाले बताउनु भएको छ ।

भूमी आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राईले निस्सा बितरण भइसकेको ठाउँमा जग्गाधनी प्रमाणपूर्जा बितरण काम केहि समयमै गरिने बताउनु भयो ।
निस्सा पाएपछि वडा नम्बर २ का भूमिहीन भने जग्गाधनी प्रमाणपूर्जा पाउने आशमा खुसी भएका छन् ।
हरिहरपुरगढी गाउँपालिकाको ७ नम्बर वडाका १ हजार र ६ नम्बर वडाका ९ सय जना भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबास गरीरहेका लाई निस्सा बितरण गरिसकेको छ । यस्तै ३ नम्बर वडाका १७ भूमिहीनलाई जग्गाधनी प्रमाण पूर्जा बितरण गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *