मन्त्रि श्रेष्ठको पहलमा ६ थान ट्रान्सफर्मर घ्याङलेख आइपुग्यो
फागुन २८, सिन्धुली/घ्याङलेख गाउँपालिकामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठको पहलमा बिजुली बत्ति बिजुली बत्ति बल्ने भएको छ । घ्याङलेख गाउँपालिकाको वडा नम्बर ५ को चैनपुर,सिँपाल,रामपुर बजार,ठाकुर थान क्षेत्रमा मन्त्रि श्रेष्ठको पहलमा बिजुली बत्ती बल्ने भएको हो ।
हाल सम्म पनि सन्चार र बिजुली पुग्न नसकेको सो क्षेत्रमा बिजुली बाल्नको लागि काठमान्डौँ बाट पठाइएको ६ थान ट्रान्सफर्मर घ्याङलेखमा आइपुगेको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले जानकार दिनुभयो ।
मन्त्रि श्रेष्ठले भन्नुभयो “अन्यठाउँमा बिभिन्न प्रबिधि पुग्दा समेत घ्याङलेखका बासिन्दा अझै अन्धकारमै बस्नुपरेको थियो । मैले निर्वाचनमा स्थानियसँग पहिलो प्रतिबद्धता नै बिजुली बत्ति पु¥याउने गरेको थिए । अब केहि दिनमै बिजुली बत्ती बल्छ।”
मन्त्री श्रेष्ठले बिजुली बाल्ने प्रक्रियाका लागि बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सँग भेटवार्ता समेत गर्नुभएको छ । अन्य क्षेत्रमा पनि केहि समय पश्चात बिजुली बल्ने र सो कार्य प्रक्रियामा रहेको बताउनु भएको छ ।
बिजुली बल्न सुरु गरेको केहि समय भित्रै घ्याङलेख गाउँपालिकाकाको सिंपालमा फोरजी सहितको मोबाइल सेवा सुरु गर्ने श्रेष्ठले प्रतिबद्धता गनुएभएको छ । हाल सम्म पनि अन्धकारमै बसेका स्थानिय बिजुली बत्ती बाल्नको लागि ट्रान्सफर्मर गाउँमा आएपछि अब उज्यालोमा बस्न पाइने भयो भन्दै निकै हर्षित भएका छन् ।