मन्त्रि श्रेष्ठद्वारा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारसँग भेट र स्थलगत निरीक्षण
पवित्रा कुमारी श्रेेष्ठ
फागुन १५, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंंगा नारायण श्रेष्ठले जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई भेट्नु भएको छ । गत शनिवार सिन्धुलीको कमलामाई नगरपालिका १३ स्थित माथिल्लो रानिबासमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवार तथा क्षती पु¥याएको स्थलको मन्त्रि श्रेष्ठले निरिक्षण गर्नुभएको हो ।
स्थानीयहरुसँग अन्तरक्रिया गर्नुहूदै श्रेष्ठले सुरक्षाका लागि स्थानीय जनसमुदायसँग मिलेर प्रहरी र बन रक्षकको गस्ती बढाउन निर्देशन दिनुभएको छ । हाल सुरक्षा गरिहेका जिल्ला प्रहरी,शशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई दोब्बर बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले मृतकका परिवारलाई भोलिसम्म राष्ट्रिय निकुञ्जबाट १० लाख क्षतिपूर्ति उपलब्ध गराउनुका साथै बागमती प्रदेश सरकारको तर्फबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
मृतकको परिवारका सबै सदस्यहरू दृष्टिबिहीन भएकाले मृतकको सन्तानहरू (एक छोरा र एक छोरी) लाई परिवारको सहमतिमा विद्यालय शिक्षा पढाउन प्रतिबद्ध रहेको मन्त्रि श्रेष्ठको भनाई छ ।
साथै जंगली हात्तीको आक्रमण बाट घरहरुमा क्षति पु¥याएको र अन्नबाली नष्ट गरेको स्थानियलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने मन्त्रि श्रेष्ठले बताउनु भयो । १० बर्ष देखि निरन्तर जंगली हात्तीको आतंक बाट आजित भएका स्थानियमा अब भने समस्या समाधान हुने आशा पलाएको छ ।