प्रहरीको सेवा प्रवाहका स्थिति बुझ्न सर्वसाधारणमा सर्वेक्षण
फागुन ११, सिन्धुली/जिल्ला प्रहरी कार्यलय सिन्धुलीले सिन्धुलीका २ सय जना सर्बसाधारणमा गरिएको सर्बक्षणमा प्रहरीको आचरण कस्तो छ भनि सोधिएको प्रश्नमा ६० प्रतिशतले राम्रो छ भनेका छन् भने २० प्रतिशतले खराब र २० प्रतिशतले ठिकै छ भन्ने जवाफ दिएका छन् ।
जिल्ला प्रहरि कार्यलय सिन्धुलीका प्रमुख राज कुमार सिलवालले प्रहरी कार्यलबाट हुने सेवा प्रवाहमा नागरिक कतिको सन्तुष्टि छन् भन्ने बुझ्नको लागि सर्बसाधारणमा सर्बक्षण गरिएको बताउनु भयो ।
त्यस्तै प्रहरीको सेवाको स्तर कस्तो छ भन्ने प्रश्नमा ६३ प्रतिशतले राम्रो भनेका छन् भने ३० प्रतिशतले ठिकै र ७ प्रतिशतले खराब भनेका छन् । प्रहरी कार्यलयमा कसरी जानुहुन्छ भन्ने सर्बक्षणमा ५५ प्रतिशतले एक्लैे जान्छु भनेका छन् भने ९ प्रतिशतले अहिले सम्म नगएको र ३६ प्रतिशतले कोहि साथमा लिएर जान्छु भन्ने जवाफ आएको प्रहरि प्रमुख सिलवालले बताउनु भयो ।
एक्लै प्रहरी कार्यालय जादा सेवा पाइन्छ भन्ने प्रश्नमा ४८ प्रतिशतले पाइदैन भनेका छन् भने ५० प्रतिशत पाउँछ भनेका छन् र २ प्रतिशत ले थाहा छैन भनिएको पाइएको छ । कमजोरि भएका पक्षमा सुधार गरेर सेवा प्रबाह गरिने प्रहरी प्रमुख सिलवालले बताउनु भयो ।