सहिद परिवारलाई सम्मान तथा बालबालिबालाई छात्रबृत्ति वितरण
फाल्गुण १, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले सहिद परिवारलाई सम्मान तथा अनाथ, बेपत्ता र द्धन्द्धपिडित बालबाललिकालाई छात्रबृत्ति प्रदान गरेको छ ।
गाउँपालिकाको आयोजनामा २८ औँ जनयुद्ध दिवको अबसरमा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले मरिण गाउँपालिकाको ५० सहिद र २ बेपत्ता गरी ५२ परिवारलाई नगद २० हजार सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सिन्धुली जिल्लामा जनयुद्धमा १ सय ६८ जना सहिद भएका छन् भने सबैभन्दा बढि मरिण गाउँपालिमा ५० जना सहिद भएका छन् । तिनै सहिद, अनाथ, बेपत्ता र द्धन्द्धपिडितका बाल कक्षा देखि १२ कक्षासम्म अध्ययनरत ६६ जना बालबाललिकालाइ छात्रबृत्ति प्रदान गरिएको छ ।
२८ औँ जनयुद्ध दिवको अबसरमा मरिण गाउँपालिकाका गरेको उक्त काम सराहनिय रहेको प्रतिनिधि सभा सदस्य दाहालले बताउनु भयो । सत्तामा जनताको समान सहभागिता चाहिन्छ भन्ने मुलभुत उदेश्य सहित जनयुद्धको सुरुवात भएको भएको दाहाललको भनाई छ ।
जनतालाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने मान्यताका बिरोधिहरु माओवादीको बिरुद्धमा उभिएको बताउनु हँुदै दाहालले हिजो १० बर्ष जनयुद्धमा होमिएकै कारण आज म जस्तो गरिब कृषकको छोरा प्रतिनिधि सभाको सदस्य हुन पाएको बताउनु भयो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले यो देशको आमुल परिवर्तको निमित्त लड्दालड्दै साहादत प्राप्त गर्नुहुने माहान सहिद लाई एकदिन सरकारले सम्झिन सकेन भने फेरि पनि अपमान हुने सक्ने बताउनु भयो ।
नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर नेपाली क्रान्तिको सुरुवात गरेको दिन अर्थात जनयुद्ध दिवशको दिन सरकारले सार्बजनिक बिदा दिएर उदाहरणीय कार्य गरेको अध्यक्ष मोक्तानको भनाई छ । उहाँले आफ्नो कार्यकाल भित्रमा सहिद परिवारलाई प्रत्यक बर्ष २० हजार गरेर १ लाख आर्थिक सहयोग गर्ने बताउनु भयो ।