• माघ २९, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट राजनीतिक स्थिरता हुने वताउनु भयो ।
    मन्त्री श्रेष्ठले हालको संसदीय व्यवस्थाले अस्थिर सरकारका कारण विकास निर्माण तथा समृद्धिको यात्रामा अघि वढ्न नसकिएकोले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्ने वताउनुभएको हो ।


    मन्त्री श्रेष्ठले आइतबार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको बताउनु भयो ।
    नेपाल समाजवादी र नेकपा माओवादी केन्द्रको बिचमा बार्ता समिति बनेको र छलफल जारी रहेकाले पाटी एकीकरण चाडै हुनेमा वताउनुभयो ।
    मन्त्री श्रेष्ठले नेपालको संविधानको भवना र मर्म अनुसार संघीयताको कार्यन्वयन नभएको भन्दै अब चाँडै प्रदेशले अवश्यक कानुन निर्माण गरेर प्रदेशलाई शक्तिशाली बनाउनुपर्ने वताउनुभयो । पछिल्लो समयमा विकास निर्माणका बजेटहरू व्यक्ति केन्द्रित भएको र अवका दिनमा त्यसो हुन नदिने बताउँदै विकास निर्माणको क्षेत्रमा बजेट छर्ने परिपाटीले खरबौँ रुपैंया बजेट बालुवामा पानी हाले जस्तो भएको टिप्पणी गर्दै अव नयाँ बजेट बनाउँदा विकास निर्माणलाई प्राथमिकतामा राखेर बजेट बनाउने बताउनुभयो ।
    राष्ट्रिपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्ने हो भने डा. बाबुराम भट्टराईलाई बनाईनुपर्ने वताउनुभयो । संविधान सभाबाट संविधान निमार्ण गरेर जनतालाई सर्वशक्तिशाली बनाउने एजेण्डाका एक मात्र योजनाकार भएकोले राष्ट्रिय सहमति गरेर राष्ट्रपति बनाउनुपर्ने वताउनुभयो ।