जनयुद्ध दिवसको अबसरमा फाल्गुण १ गते सर्वाजनिक विदा
माघ २७, सिन्धुली/बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बातमती प्रदेश सरकार, मन्त्रिपरिषदको माघ २४ गतेको बैठकले जनयुद्ध दिवसको अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघ २६ गते सर्वाजनिक विदा सम्बन्धि सूचना प्रकाशन गरी फाल्गुण १ गते जनयुद्ध दिवसको दिन बागमती प्रदेश भर सार्वजनिक विदा जानाएको छ । सार्वजनिक विदा बागमती प्रदेशका सबै कार्यालयहरुलाई लागु हुने आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
जनयुद्ध दिवसका दिन विदा दिन गत वर्ष मधेश प्रदेशले निर्णय गरेको थियो भने यस वर्ष बागमती प्रदेश र कर्णली प्रदेश सरकारले निर्णय गरको छ । हाल सम्म संघीय सरकारले जनयुद्ध दिवसको असरमा विदा दिएको छैन । जनयुद्ध नेपालको राजनीतिक परिवर्तनमा महान क्रान्ति भएकाले जनयुद्ध सुरु गरेको दिनलाई सम्मान स्वरुप जनयुद्ध दिवसको दिन सर्वजनिक विदा निदने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।