• सिन्धुली, १० जेष्ठ
    हरिहरपुरगढी गाउँपालिका प्रकोप व्यवस्थापन कोषमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, हरिहरपुरगढी गाउँपालिका स्तरीय महासंघले १ लाख सहयोग हस्तान्तरण गरको छ । महासंघका अध्यक्ष भिमबहादुर लामाले प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा गरेको भौचर आइतवार गाउँपालिकाका अध्यक्ष कार्साङ लामालाई हस्तान्तरण गर्नुभएको हो ।
    हाल सम्ममा कोषमा करिब दुई लाख ८६ हजार जम्मा भएको पालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । कोषमा जम्मा भएको रकमबाट पालिकामा रहेका कोरोनाबाट प्रभावित अति विपन्न मजदुर तथा गरिव परिवारलाई खाद्यान्न लगायतका राहत सामग्री सहयोग गरिने पालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
    गाउँपालिकामा रहेका करिब ८ सय ६३ विपन्न ंतथा गरिब परिवारलाई राहत सामाग्रि वितरण गर्ने तयारी भई रहको अध्यक्ष लामाको भनाई छ । हाल सम्म सहकार्य नेपालले २ सय ५० घर परिवारलाई र विदेशमा रहेका हरिहरपुरगढी गाउँपालिकाका युवाहरुले १ सय ५० घर परिवारलाई राहत सामाग्रि सहयोग गरेका छन् ।