• सिन्धुली, १० जेष्ठ ।
    कोरोना भाईरस कोभिट–१९ संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । आज विहान ३२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती मार्फत जनाएको छ ।
    सर्लाहीका १३, कपिलबुस्तका ८, रुपन्देहीका ८, बाराका १, काठमाण्डौंका १ र चितवनका १ गरी जम्मा ३२ जना संक्रमित थपिएको जनसंख्या मन्त्रालयले जनाएको हो ।

    सलार्हीको गोडैता नगरपालिका र कविलासि नगरपालिकाका १३ जना संक्रमित देखिए पछि सिन्धुलीमा फेरी त्रास थपिएको छ । केहि दिन अघि आरडिटि परिक्षणमा २७ जनाका पोजेटिभ देखिए पछि त्रासदीत वनेको सिन्धुलीमाढी पिसिआर रिपोटमा नेगेटिभ आए पछि केहि राहात महशुस गरेका थिए ।