जिल्लामै पहिलो साइलेज प्लान्टको समुद्घाटन

सिन्धुली/सिन्धुलीमा जिल्लामै पहिलो (प्रथम) साइलेज प्लान्टको समुद्घाटन गरीएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता साइलेज प्लान्टको आज एक विशेष समारोह बिच उद्घाटन गरीएको हो ।

कमलामाई नगरपालिका र हेफर इन्टरनेशनल नेपालको लागत साझेदारीमा संचालित गरीएको साइलेज प्लान्ट मिल्की वे परियोजना अन्तर्गत श्री कमलामाई सामाजिक उद्यमी दुग्ध सहकारी संस्था लि., कमलामाई नगरपालिका–४, सिन्धुलीद्वारा कमलामाई नगरपालिका–१ मा स्थापना गरिएको छ ।

उद्घाटन पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी समेत रहनुभएको कमलामाई नगरपालिकाका नगर प्रमुख पोखरेलले साइलेज प्लान्ट स्थापना हुनु कमलामाई नगरपालिकाका कृषकहरूका लागि एक महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दे पशुपालन व्यवसायलाई दिगो, व्यवस्थित र उत्पादनमुखी बनाउन यस्ता प्रविधिमैत्री पूर्वाधारहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उहाँले किसानहरूलाई वर्षभरि गुणस्तरीय पशु आहार उपलब्ध गराउन यस प्लान्टले महत्वपूर्ण भूमिका खेल्ने र स्थानीय उत्पादन वृद्धि, लागत न्यूनीकरण र आम्दानी अभिवृद्धिमा यस परियोजनाले टेवा पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिड्स नेपालका अध्यक्ष दीपक घिमिरे,हेफर इन्टरनेशनल मिल्की वे परियोजनाका प्रबन्धक डा. नारायण शर्मा, वडा नं. १ का वडा अध्यक्ष नरेश गोले, पशु विकास शाखा प्रमुख डा. रोशन कोइराला,सूचना प्रविधि अधिकृत, कमलामाई समाजिक उद्यमी दुग्ध सहकारी संस्थाका अध्यक्ष गुण कुमारी घिमिरे र अन्य कर्मचारी, विभिन्न सहकारीका सदस्यहरू तथा स्थानीय उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *