महिला र बालिकाको लागि अधिकार न्याय र कार्यसहितको अवसर कार्यक्रम
सिन्धुली/सिन्धुलीमाढीमा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “सबै महिला र बालिकाको लागि अधिकारःन्याय र कार्यसहितको अवसर“कार्यक्रम संचालन हुने भएको छ ।
११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा“सबै महिला र बालिकाको लागि अधिकारः न्याय र कार्यसहितको अवसर कार्यक्रम कमलामाई नगरपालिका अगाडि चिल्ड्रेन पार्कमा यहि फाल्गुण २७ गते देखि २९ गतेसम्म संचालन हुने छ ।
कमलामाई नगरपालिका अगाडि चिल्ड्रेन पार्कमा संचालन हुने २ दिने अर्थात् २७ गते देखि २९ गतेसम्म संचालन हुने कार्यक्रममा विभिन्न परिकार,सन्देश मुलक कार्यक्रम,उत्पादन प्रदर्शनी र उद्यमी आवाज लागाएतका कार्यक्रमहरु संचालनहरु हुने छन् ।
२ दिने कार्याक्रम सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडको आयोजना तथा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा संचालन हुने छ ।

