अपाङ्गता भएका व्यक्तिहरुका लागि १५ दिने परालको चप्पल बनाउने तालिम सुरु

सिन्धुली/सिन्धुलीमाढीमा आजबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि १५ दिने परालको चप्पल बनाउने तालिम सुरु भएको छ ।१५ दिने परालको चप्पल बनाउने तालिमको आज एक विशेष समारोह बिच पानसमा बत्ती बालेर उद्धाटन गरीएको हो ।

सन्धुली अपाङ्ग महिला संघको आयोजना तथा सामाजिक विकास कार्यालय, हेटौंडको सहयोगमा भएको १५ दिने तालिममा बौद्धिक अपाङ्ग,शरीरिक अपाङ्ग र बहिरा अपाङ्ग गरी २० जनाको सहभागिता रहने छ ।

१५ दिन सम्म संचालन हुने सो तालिमको विराटनगर महिला उद्यमी महासंघका सदस्य अञ्जु थापाले प्रशिक्षण गराउनु हुने छ ।सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा)को अनुसार सो तालिम अपाङ्ग भएका व्यक्तिहरु लाई आत्मनिर्भर बनाउने उदेश्यले आयोजना गरीएको बताउनुभयो ।

सो तालिम बजारमा परालको चप्पलको माग भएपछि सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुले सिक्न सक्ने भएकाले गर्दा फुर्सदको समयमा घरमानै बसेर परालको चप्पल बनाएर आयआर्जन गर्न सजिलो होस् भनेर आयोजना गरिएको उहाँको भनाई रहेको छ ।उहाँको अनुसार परालको चप्पल बनाउन गाउँघरमा नै उत्पादन हुने पराल बाट बनाउन सकिने भएकोले गर्दा अरु भन्दा झंझट नहुने र अपाङ्गता भएका व्यक्तिहरु लाई पनि सहज हुने सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा)ले बताउनुभयो ।

परालको चप्पललाई शुद्ध मानिने भएकोले मन्दिर, घरभित्रका कोठाहरु, मृत्यू संस्कारमा गरिने काजक्रियामा लगाउन प्रयोग गरिने गरीन्छ भने बजारमा समेत परालको चप्पलको अत्याधिक माग भएको उहाँले बताउनुभयो ।त्यस्तै यस्ता प्रकारका तालिमले गर्दा अपाङ्गता भएका व्यक्तिहरु लाई अझै धेरै अगाडि बढाउन निकै सहयोग पुग्ने देवकोटाले बताउनुभयो ।

सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा)को अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली अपाङ्ग संघका अध्यक्ष बबिता थापा, सौगात लघु उद्यम सहकारी संस्थाको अध्यक्ष बिमला थापा अपाङ्गता भएका व्यक्तिहरु र अभिभावक लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *