सिन्धुलीमा ६ महिनाको अवधिमा ८४ वटा सवारी दुर्घटना, १२ जनाको मृत्यु

सिन्धुली/सिन्धुलीमा चालु आर्थीक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा ८४ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको भएको हो ।

जस्मा मृत्यु हुनेमा १२ जना नै पुरुष रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । उक्त कार्यालयले उपलब्ध गराएको तथ्याङक हेर्दा साउन महिनामा १ जनाको मृत्यु भएको छ भने भदौ महिनामा ३ जनाको मृत्यु भएको छ । त्यस्तै असोज महिनामा १, कार्तिक महिनामा ५, मंसिर र पुस महिनामा १ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहम्मद कलीम अन्जुमले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

त्यस्तै उहाँको अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १० ओटा सवारी दुर्घटना भएको छ भने भदौ महिनामा १५ ओटा दुर्घटनामा भएको थियो । त्यस्तै असोजमा २० ओटा, कार्तिक महिनामा १३ ओटा,मंसिर महिनामा १० ओटा र पुस महिनामा १६ ओटा सवारी दुर्घटना सवारी दुर्घटना भएको छ ।

माथिको तथ्याङ्क हेर्दा ६ महिनाको अवधिमा सबै भन्दा धेरै सवारी दुर्घटना असोजमा महिनामा भएको छ । सो महिनामा २० ओटा सवारी दुर्घटना भएको छ । साथै सबै भन्दा कम साउन महिनामा १० सवारी दुर्घटना भएको छ । उक्त सवारी दुर्घटनामा परी ३६ जना गम्भीर घाइते र १५५ जना सामान्य घाइते भएका छन् ।

सवारी दुर्घटनामा परि घाईते हुनेहरुको सङ्ख्या केहिमात्रमा घटे पनि सवारी दुर्घटना भने हाल सम्म पनि नघटेको प्रमुख मोहम्मद कलीम अन्जुमले बताउनुभयो । जिल्लामा तिन ओटा राजमार्गहरु छन् । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्य पाहाडी राजमार्ग रहेका छन् । जस्मा सबै भन्दा धेरै सवारी दुर्घटना बिपी राजमार्गमा हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख मोहम्मद कलीम अन्जुमले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

दुर्घटना न्युनिकरणको ठाउँठाउँमा होडिङ बोर्ड राख्ने, सडक नाटक प्रदर्शन गर्ने, शिक्षकसंगको समवन्यमा प्रत्येक विद्यालयमा ट्राफिक सचेतनाका अभिमुखिकरण कार्यक्रमहरु सन्चालन गर्ने लगायत विभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरीले सवारी साधन चालक अनुमतिपत्र भए नभएको उचित अनुसन्धान गरि आवश्यक कारबाही समेत गर्दै आईरहेको छ ।

चालकले सवारी गुडाउनु भन्दा पहिले आवश्यक परिक्षण गर्नुपर्ने, मापसे गरेर गाडी नचलाउने, सिमित गतिमा गाडी चलाउने, मोटरसाईल तथा स्कुटर चालकले हेलमेट लगाउने गर्नाले पनि सवारी दुर्घटनाबाट बच्न सकिने प्रहरीले जनाएको छ । अधिकांस दुर्घटनाहरु चालककै लापरर्बाहीका कारण भैरहको प्रहरीको तथ्यांकले देखाउँछ ।

।सो कार्यालको अनुसार गत वर्ष जिल्लामा १२ महिना अर्थात एक वर्षमा २ सय ५ ओटा सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *