सिन्धुली महोत्सव २०८२ को ७० प्रतिशत तयारी सकियो

सिन्धुली/आउँदो ९ गतेबाट सरु हुने सिन्धुली महोत्सव २०८२ को ७० प्रतिशत तयारी सकियको छ ।सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारयण श्रेष्ठको अनुसार हिजो शुक्रबार सम्म महोत्सवको तयारी ७० प्रतिशत सकियको हो ।

महोत्सवको तयारी आउँदो ६ गते देखी ७ गते सम्ममा सम्पन्न हुने संघका वरिष्ठ उपाध्यक्ष देव नारयण श्रेष्ठले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।महोत्वस ११ दिन सम्म कामलामाई नगरपालिका वडा नम्वर ६ स्थित खम्बे चौरमा संचालन हुने छ । साथै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाकोे आयोजना हुने सो महोत्वसमा प्रवेश शुल्क अन्य आगन्तुकका लागि ६० रुपौयाँ,विद्यार्थीहरु तथा एकल महिलाहरुको लागि परिचय पत्र साथमा लिएर आएमा ४० रुपौयाँ लाग्ने छ ।

त्यस्तै पूर्ण अपाङ्ग र जेष्ठ नागरिकका लागि परिचय पत्र साथ लिएर आएमा निशुल्क र उद्योग वाणिज्य संघका सदस्यहरुलाई निशूल्क सदस्यता पासको व्यवस्था गरिएको छ । सो महोत्सवमा लगभग २ लाख दर्शकहरु आउने अनुमान गरीएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *