वर्षे धानको क्षेत्रफल बढे पनि उत्पादन घट्यो

सिन्धुली/सिन्धुलीमा गत वर्षको तुलनामा यस वर्ष क्षेत्रफल बढे पनि वर्षे धानको उत्पादन घटेको छ ।गत भदौमा परेको असिनापानी ,हावाहुरी र कार्तिक महिनामा परेको बेमौसमी पानीले गर्दा बोटमानै धान उम्रने,कुहिने,ढल्ने जस्ता समस्याहरुले सोचे अनुरुप धान रोप्ने क्षेत्रफल बढे पनि उत्पादन राम्रो हुन नसकेको कूषि विकास कार्यालय सिन्धुलीका सुचना अधिकारी उमा देवि श्रेष्ठले सिन्धुली खबरलाई बताउनुभयो ।

उहाँको अनुसार यस वर्ष वर्षे धान जिल्लामा कुल ५० हजार १ सय १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा ५० हजार १ सय ४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

श्रेष्ठको अनुसार यस वर्ष वर्षे धान कमलामाई नगरपालिकामा १६ हजार ३ सय ६८ १४ मेट्रिक टन धान उत्पादन भएको छ भने दुधौली नगर पालिकामा १३ हजार १ सय ४३ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै सुनकोशी गाउँपालिकामा २ हजार ९ सय ७,घ्याङलेख गाउँपालिकामा १ हजार २ सय २६ मेट्रिक टन धान उत्पादन भएको कूषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । फिक्कल गाउँपालिकामा ८ सय ९७,तीनपाटन गाउँपालिकामा ६ हजार २ सय ३ र मरिण गाउँपालिकामा ५ हजार २ सय ५२ मेट्रिक टन धान उत्पादन भएको छ ।

साथै हरिहरपुुगढी गाउँपालिकामा २ हजार ३ सय ६२ र गोलन्जोर गाउँपालिकामा १ हजार ७ सय ५६ मेट्रिक टन धान उत्पादन भएको कूषि विकास कार्यालय सिन्धुलीका सुचना अधिकारी उमा देवि श्रेष्ठले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।माथीको तथ्याङ्क हेर्दा यस वर्ष सबै भन्दा धेरै वर्षे धान कमलामाई नगरपालिकामा १६ हजार ३ सय ६८ १४ मेट्रिक टन धान उत्पादन भएको छ भने सबै भन्दा कम फिक्कल गाउँपालिकामा ८ सय ९७ मेट्रिक टन धान उत्पादन भएको छ । सिन्धुलीमा ११ हजार १८८ हेक्टर जमिन वर्षे धानका लागि खेतीयोग्य छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *