चुनाव आलटाल गर्ने प्रवृत्ति स्वीकार गर्न सकिन्न : पूर्व प्रधानमन्त्री नेपाल
सिन्धुली /नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आउँदो फागुन २१ महिनामा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति परिवर्तन भए स्वीकार्ने तर चुनाव नै आलटाल गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
उहाँले प्रेस सेन्टर नेपाल जिल्ला शाखा सिन्धुलीले आज सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै निर्वाचनको मिति परिवर्तन भए स्वीकार्ने तर चुनाव नै आलटाल गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने बताउनुभएको हो ।
पुर्व प्रधानमन्त्री समेत रहनुभएको नेपालले पछिल्लो आन्दोलनबाट सिर्जिना भएको समस्याहरुको समाधानका लागि फागुन २१ गते निर्वाचन हुनुपर्नेमा जोड दिँदै कुनै बहानामा निर्वाचन नभए देश फेरी गम्भीर दुर्घटनामा जाने समेत पत्रकार सम्मेलनमा चेतावनी दिनुभएको छ ।त्यस्तै उहाँले भन्न सजिलो रहे पनि गर्न गाह्रो रहेको बताउनु हुँदै आउँदो चुनावको लागि तयारी गरीरहेको बताउनुभयो ।
साथै उहाँले हालका प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्री बनाउने क्रममा नेपालका राजजितिक दलका नेताहरुमा आफु र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डको मात्र सहभागिता रहेको दावि गर्नु भयो । फागुन २१ गते निर्वाचन गराउने कुरामा हालका प्रधानमन्त्री सुशीला कार्की माथी आशा र भरोसा गरेको समेत पुर्व प्रधानमन्त्रीे नेपालले बताउनुभयो ।
त्यस्तै उहाँले नेपाली कम्युनिष्ट पार्टीलाई युवाहरुको ठुलो साथ रहेको बतउनु हुँदै जेनजी युवाहरूको ठूलो संख्या नेपाली कम्युनिष्ट पार्टीसँग जोडीएको बताउनुभयो ।


