कारले मोटरसाइकलाई ठक्कर दिँदा एक जना घाइते
सिन्धुली/कारले मोटरसाइकलाई ठक्कर दिँदा सिन्धुलीमा एक जना घाइते हुनुभएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घाइते हुनेमा मोटरसाइकल चालक सिराहा कर्जना नगरपालिका ७ का २१ बर्षीय हेमशंकर माझी रहेका छन् ।
आज शनिबार दिउँसो २ बजे बीपि राजमार्ग सडक खण्ड अन्तर्गत जिल्लाको सुनकोशी गाउँपालिका वडा ६ खाल्टेमा सिन्धुलीबाट काठमाण्डौतर्फ जादै गरेको बा २१ च ५८९४ नम्बरको पिकअपलाई सोही दिशाबाट आउदै गरेको प्र १–०२–००२ च ३७७७ नम्बरको कारले मोडमा ओभरटेक गर्ने क्रममा विपरीत दिशा काठमाण्डौबाट सिराहातर्फ आउँदै गरेको म.प्र.०१–००४ प ७७९८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
घाइते माझीको आत्मीय सामुदायिक अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो । दुर्घटना पश्चात् दुबै सवारी साधन र कार चालक प्रहरीको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनकारी दिएको छ ।


