पत्रकार प्रतिमा दियालीको नयाँ म्यूजिक भिडियो तिम्रो यादले सताउँछ सार्वजनिक
सिन्धुली /सिन्धुलीका क्रियाशील पत्रकार प्रतिमा दियालीको नयाँ म्यूजिक भिडियो `तिम्रो यादले सताउँछ´ बोलको पप गीत सार्वजनिक भएको छ।
पत्रकार दियालीको पहिलो म्युजिक भिडियो आवर फ्यामली ब्लग युट्युब च्यानल मार्फत गत शुक्रवार सार्वजनिक गरिएको हो।
उक्त गीतमा स्वर, संगीत र शब्द आर.आर. संगमको रहेको छ। उसो त गीतमा विछोडमा पीडित मनको आतुरता र प्रिय व्यक्तिको यादले सताइरहने मनोभावलाई सरल शैलीमा उतारेको देख्न सकिन्छ।
शिव थापा मगरले निर्देशन गर्नु भएको उक्त गीतमा भने सञ्जु राउत र प्रतीमा दियाली लगायतको प्रमुख अभिनय रहेको छ । मगरले सो भिडियोलाई भावनात्मक कथालाई सरल तर प्रभावशाली दृश्यमार्फत प्रस्तुत गर्नु भएको छ ।
प्रतिक्रिया


