नेपाल मगर साँस्कृतिक संघको अध्यक्षमा सन्चिता थापा मगर चयन

सिन्धुली /नेपाल मगर साँस्कृतिक संघको अध्यक्षमा सन्चिता थापा मगर चयन हुनुभएको छ।

नेपाल मगर साँस्कृतिक संघ जिल्ला कार्य समिति सिन्धुलीको प्रथम भेला तथा जिल्ला कार्य समिति गठनबाट बिहिबार थापा मगरको अध्यक्षतामा १३ कार्यसमिति चयन गरिएको हो।

कार्यसमितिको उपाध्यक्षमा तीनपाटन गाउँपालिकाबाट नरेन्द्र लायो मगर, सचिबमा फिक्कल गाउँपालिकाबाट बिमल रजन मगर, सह-सचिबमा हरिहरपुरगढी गाउँपालिकाबाट अनिता अस्तानी र कोषाध्यक्षमा सुनकोसी गाउँपालिकाबाट रुबिना पुलामी मगर चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा कमलामाई नगरपालिकाबाट लिलावती मगर, गोलन्जोर गाउँपालिकाबाट पार्बती थापा मगर र बबिता राना मगर, मरिण गाउँपालिकाबाट देबकुमारी राना मगर, फिक्कल गाउँपालिकाबाट तेजकुमार थापा मगर, सुनकोसी गाउँपालिकाबाट दीपा गुर्मछान मगर, तीनपाटनबाट प्रमिला सिजाली मगर र हरिहरपुरगढीबाट ग्यानुसा दर्लामी मगर चयन हुनुभएको हो ।

नेपाल मगर सङ्घ सिन्धुलीका अध्यक्ष सरोज पुलामी मगरको अध्यक्षता तथा नेपाल मगर सास्कृतिक सङ्घका केन्द्रिय सदस्य सुनिल थापा मगरको प्रमुख आतिथ्यतमा उक्त कार्यक्रम भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *