सिन्धुलीमा भएको निःशुल्क आँखा शिविरबाट ३ सय भन्दा धेरै बिरामीहरूले सेवा लिए

सिन्धुली /सिन्धुलीको आँखा उपचार क्रेन्दमा भएको निःशुल्क आँखा शिविरबाट ३ सय भन्दा धेरै बिरामीहरूले सेवा लिएका छन्।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठको अनुसार शनिबार बाटसुरु भएको उक्त शिविरबाट ३ सय भन्दा धेरैले सेवा लिएका हुन्।

उहाँको अनुसार ३सय भन्दा धेरैले उक्त शिविरमा आँखा चेकजाँच गरेका थिए । जसमध्य ७७ जनाको आँखामा मोतिबिन्दु देखिएको पश्चात उक्त बिरामीहरूको मोतिबिन्दुको सलेक्तिया गरिएको हो।

अध्यक्ष श्रेष्ठका अनुसार कमलामाई नगरपालिका बाट ६३जना सेवा लिएका छन् भने दुधौली नगपालिकाबाट २जना सुनकोशी गाउँपालिकाबाट‌ १ जना र मरिण गाउपालिकबाट ३ जनाले सेवा लिएका छन्। साथै तीनपाटन गाउँपालिका बाट ५ जना ,घ्याङलेख गाउँपालिकाबाट१ ,जना र गोलन्जोर गाउँपालिकामा बाट १ जनाले उक्त सेवा लिएका छन्।

त्यस्तै सर्लाहीका एक जनाले समेत उक्त शिविरबाट सेवा लिएका आयोजकले जानकारी दिएको छ। सबै भन्दा धेरै कमलामाई नगरपालिकाका नगर बासीले उक्त सेवा लिएका छन्। सो शिविर नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना तथा जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा भएको हो।नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले उक्त शिविर समय समयमा एक दशक देखि गर्दै आइरहेको छ।

शिविर हरेक महिनाको अन्तिममा गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले सिन्धुली खबरलाई बताउनुभयो ।त्यस्तै निःशुल्क शिविरमा सहभागी हुन पाउँदा सेवाग्राहीहरु निकै हर्षित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *