गलत सूचना संप्रेसन नगरिदिन पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारी श्रेष्ठको आग्रह

सिन्धुली/सिन्धुली जिल्लामा सरुवा भइृ आउनु भएका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आज शुक्रबार जिल्लामा रहेका पत्रकारहरूसंग भेटघाट गर्नु भएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले अहिलेको मुख्य ऐजेण्डा निर्वाचन रहेको बताउनुभएको छ । मकवानपुरबाट सरुवा भएर गत सोमबार मात्र सिन्धुली आउनु भएको अधिकारी श्रेष्ठले पहिलो पटक पत्रकारसंग कुराकानी गर्दै अहिलेको मुख्य एजेण्डा निर्वाचन रहेकोले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नु भयो ।

त्यस्तै उहाँले सबैको समन्वय र सहकार्य भयो भने मात्र निर्धारित समयमा सुरक्षित र मर्यादित तरिकाले निर्वाचन सम्पन्न हुने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गलत सूचना प्रवाहले जनतालाई नकारात्मक प्रभाव पार्ने भएकोले प्रत्रकारको मुल मर्म सत्य तथ्य र निश्पक्ष भएर सूचना संप्रसन गरिदिन आग्रह गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *