ऐतिहासिक सिन्धुलीगढीको २५८ औं बिजय उत्सव बागमती प्रदेशका मुख्यमन्त्री बानियाको प्रमुख आतिथ्यतामा मनाईने
सिन्धुली/ऐतिहासिक सिन्धुलीगढीको २५८ औं बिजय उत्सव मनाइने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा २५८ औं बिजय उत्सव मनाइने भएको हो ।
बिजय उत्सव यहि कार्तिक २४ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको प्रमुख आतिथ्यतामा मनाईने नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले आज बिहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दे जानकारी दिनु भएको हो ।
साथै उहाँले ऐतिहासिक सिन्धुलीगढीको २५८ औं बिजय उत्सवको सबै पत्रकारहरुलाई प्रचार प्रसार गर्न आग्रह समेत गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघले २०६७ सालदेखि मनाउन सुरु गरेको विजय उत्सव स्थानीय तह कायम भइसकेपछि कमलामाई नगरपालिकाले निरन्तर रुपमा मनाउदै आएको छ । त्यस्तै नेपाल एकिकरणका बेला बिं. सं. १८२४ मा सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले पराजित गरेको थियो । सोहि दिनको सम्झनामा वर्षेनी सिन्धुलीगढी विजय उत्सव मनाईदै आईएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।


