सिन्धुलीमा धान बाली भित्र्याउने समयमा झरी परेपछि किसान चिन्तित

सिन्धुली/सिन्धुलीमा धान बाली भित्र्याउने समयमा झरी परेपछि किसान चिन्तित भएका छन् ।

किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि किसान चिन्तित भएका हुन् ।

तिहार सकिएलगत्तै पाकेको धानबाली भित्र्याउने चटारोमा परेका किसानलाई अविरल वर्षाले समस्यामा पारेको स्थानीय बताउँछन् ।
जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिदै गएको छ ।

विगत २ दिन देखी परेको अविरल वर्षाले काटेको धान खेतमा नेई उम्रने हो कि भन्ने चिन्ता भइरहेको कमलामाई नगरपालिका वडा नम्बर ४ का सुरेन्द्र सापकोटाले सिन्धुुली खबरलाई बताउनुभयो । उहाँको करीव २० कठ्ठा जग्गामा धान भिजेको छ । त्यस्तै धान कसरी भित्र्याउने भन्ने चिन्ता भइरहेको उहाँ बताउनुहुन्छ ।

कृषी विकास कार्यालय सिन्धुलीले मौसम हेरेर धान काट्न किसानलाई अनुरोध गरेको छ । धान थन्क्याउने बेला क्षती भएमा जिल्लामा झन खाद्यन्न समस्या आउने भएकाले मौसमविदले जारी गर्ने सुचना हेरेर मात्र धान काट्न किसानलाई कृषी विकास कार्यालय सिन्धुलीका सुचना प्रसार उमादेवी श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा कमलाखुँज क्षेत्र, मरिणखोला क्षेत्र र तीनपाटन क्षेत्र अन्नभण्डारका रुपमा छन् । जिल्लामा गत वर्ष १३ हजार ४४५ हेक्टरमा वर्षे धान खेती भएको थियो । भने ५० हजार ११४ मेट्रिक्टन धान उत्पादन भएको कृषी विकास कार्यालय सिन्धुलीका सुचना प्रसार श्रेष्ठले अनुरोध बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *