अविरल वर्षाको कारण सिन्धुलीमा ३८ हेक्टरमा रहेको धन बालिमा क्षेति

सिन्धुली/सिन्धुलीमा असोज १८,१९ र २० गते सम्म परेको अविरल वर्षाको कारण जिल्लाको ३८ हेक्टरमा रहेको धन बालिमा क्षेति पुगेको छ ।
कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठका अनुसार सिन्धुलीको विभिन्न स्थानमा नदिले कटान तथा डुबान हुँदा३८ हेक्टर क्षेत्रफलमा लगाईएको धान बालिमा क्षेति पुगको हो ।
श्रेष्ठका अनुसार जिल्लामा सबै भन्दा धेरै सुनकोशी गाउँपालिकामा धन बालिमा क्षेती भएको छ । सो पालिकामा ५४ परीवारका झन्डै १६ हेक्टर धानमा क्षेतीभएको छ । त्यस्तै तीनपाटन गाउँपालिकामा २८ घरधुरीको ५ हेक्टर धानखेती नष्ट भएको छ ।
मरिण गाउँपालिकामा ४२ परीवारका १३ हेक्टर धान खेती र दुधौलीमा ४ परीवारको ५ हेक्टर धानखेती नष्ट भएको कृषि प्रसार अधिकृत श्रेष्ठले बताउनुभयो । श्रेष्ठको अनुसार अन्य पालिकामा गत १८,१९ र २० गते सम्म परेको वर्षाको कारण सामान्या धानमा क्षेतिभएको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम मात्रमा धनखेतीमा क्षेतिभएको छ भने जिल्लामा यस वर्ष धान निकै राम्रो फलेको छ । यस वर्ष ५३ देखी ५५ मेट्रिकटनधान उत्पादन हुने आकलन गरीएको उहाँले सिन्धुली खबरलाई बताउनुभयो ।