सिन्धुलीमा दशैंको चहलपहल

सिन्धुली/नेपालीहरुको महान पर्व बिजया दशमी (बडा दशैं) र दिपावली नजिकिदै गर्दा सिन्धुलीको सदरमुकाममा चहलपहल बढ्दै गएको छ ।

उक्त अवसरमा गत हप्ता देखी सदरमुकामका विभिन्न स्थानहरूमा थोक तथा खुद्रा सामानहरु खरिद गर्ने र नयाँ लत्ता कपडा किन्नको लागि मानिसको चहलपहल बढ्दै गएका हो ।

यतिबेला सिन्धुलीमाढी आसपासका बजारहरु धुरा बजार, बसपार्कको छेउछाउ, स्टलबाजर, १ नम्बर बजार , २ नम्बर बजारका स्थान हरुमा निकै भिडभाड देखीएको छ ।

चाडपर्वहरु नजिकिनु भन्दा पहिले सिन्धुलीको सदरमुकाम बजार स्थीतका पसलहरु सुनसान थियो, भने यहाँका ब्यापारीहरु पनि फुर्सदिला जस्तै देखिन्थे । हाल दशैं र तिहार नजिकिए संगै जिल्लाबासीहरु बिभिन्न ठाउँहरुबाट सरदरमुकाममा सामान किन्न आउन थालका छन् । सामान किन्नेको भिडभाड बढे पस्चात ब्यापारीहरुलाई समेत भ्याइनभ्याई भइरहेको छ ।

बर्षमा एक पटक आउने नेपालीहरुको यी महान चाडपर्वहरुले धेरै महत्त्व बोकेका छन । नेपालका महान चाड मानिने दशैं र तिहारलाई लक्षित गर्दै आफ्नो जन्म घर वा बसोबासित घर छाडी कामको सिलसिला या अध्ययन अध्यापनको सिलसिलामा बाहिर गएकाहरु लाई समेत यतिबेला आफ्नो घर फर्कन भ्याइनभ्याइ भइरहेको छ ।

सदरमुकाममा बिगत ५ बर्ष देखि फेन्सि ब्यवसाय गर्दै आउनुभएको श्रिया कपडा पसलका सञ्चालक राम थापाको अनुसार बिगत एक हप्ता देखी दिन प्रति दिन भिडभाड बढ्दै गएको छ । भिडभाड बढ्दै जादा व्यपारहरुमा समेत राम्रो आम्दानी भएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *