फोनिजको २६औं स्थापना दिवसको अबसरमा अन्तरक्रिया, पत्रकार श्रेष्ठ सम्मानित

सिन्धुली/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीले सोमबार आफ्नो २६औं स्थापना दिवसको अवसरमा “सञ्चार माध्यममा समावेशिता र आदिवासी जनजातिको स्थान” विषयकमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रम फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङको अध्यक्षता तथा तीनपाटन गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघ बागमती प्रदेशका सभापति कर्ण थापा मगरको प्रमुख आतिथ्यतामा गरीएको हो ।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि समेत रहनुभएको तीनपाटन गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघ बागमती प्रदेशका समितका अध्यक्ष कर्ण थापा मगरले पत्रकारिता र लोकतन्त्र एकअर्काका पर्याय भएको हुनाले पत्रकारिता रहे मात्रै अन्य उद्देश्य प्राप्त हुने बताउनु भयो ।

अध्यक्ष थापाले गाउँ गाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नु भन्दा जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण हुनु पर्ने बताउनु भयो । `जिल्लामा १०० शैैय्याको अस्पताल स्वीकृत छ, यसलाई सविधासम्पन्न बनाओैं, गाउँ-गाउँमा अस्पताल गर्नु भन्दा जिल्लामा सबै सुविधा उपलब्ध गराएर गुणस्तरिय सेवा उपलब्ध गराउदा धेरैलाई लाभ पुग्छ, गाउँ-गाउँमा निर्माण भएको १५ शैय्याका अस्पताल सञ्चालनको लागि धेरै खर्चिलो हुन्छ तर गुणस्तरिय स्वास्थ्य सेवा पाउन सक्दैन।´ अध्यक्ष थापाले भन्नू भयो ।

सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीले स्वर्गीय पत्रकार अञ्जन रानाको परिवारलाई रु २० हजार आर्थिक सहयोग गरेको छ । पत्रकार रानाको २०६८ साल फाल्गुण २३ गते रिपोटिङ्गमा जाँदै गर्दा कमलामाई नगरपालिका – २ ढुङ्ग्रेभञ्ज्याङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । स्वर्गीय रानाको स्मृतिमा फोनिज सिन्धुलीले ३ लाखको स्मृति अक्षय कोषको स्थापना गरेको छ ।

फोनिजको २६ ओैं स्थापना दिवसको अबसरमा फोनिज सिन्धुलीका कोषाध्यक्ष तथा सिन्धुलीको पोड्कास्ट जिवी श्रेष्ट पोड्कास्टका सञ्चालक जीवि श्रेष्ठलाई जनजातिका सवालमा योगदान पुर्याएकोमा पुरस्का र तथा सम्मान गरिएको छ ।

सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरुण लामिछान, प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष बुद्ध नेपाली, पत्रकार महासंघका पूर्व सभापति द्वारिका काफ्ले, नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीका सचिव इन्द्र भुजेल, नेपाल आदिवासी जनजाति महासंघ कमलामाई नगरका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *