शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको अवसरमा विरामीलाई आर्थिक सहयोग

सिन्धुली/सिन्धुलीमाढीमा आज  शहिद मनोज—झपेन्द्र—सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा विरामीहरुलाई आर्थिक सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा दुई जना विरामीलाई आर्थिक सहयोग गरिएको हो ।

उक्त अवसरमा संगठनले सडक दुर्घटनामा परी सिन्धुली अस्पतालको बेड नम्बर ३३ मा विगत १४ महिना देखि कोमामा रहि आर्थिक समस्या झेलिरहनुभएका तेज बहादुर सिंजाली मगरलाई ३० हजार ४ सय ३३ रुपैयाँ  आर्थिक सहयोग गरिएको छ । त्यस्तै मालपोत कार्यालय डिल्लीबजारमा कार्यारत क्यान्सर तथा नशासम्बन्धी रोगसँग लडिरहनुभएका राष्ट्रसेवक कम्प्युटर अपरेटर उद्धव ढुङ्गेललाई ३० हजार ४ सय ३३ रुपैयाँ नै आर्थिक सहयोग गरिएको  नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष डिल्ली सौगात घिमिरेले बताउनुभयो ।

शहित मनोज—झपेन्द्र—सुरेन्द्र स्मृति दिवसमा निजामती कर्मचारी संगठनले प्रतेक वर्ष बिभिन्न कार्यक्रमहरु गर्दैआइरहेको छ । जसअन्तर्गत ८ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमहरु १८ गते सम्म बिभिन्न जिल्लाहरुमा संचालन हुने छ ।

नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष डिल्ली सौगात घिमिरेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथ जिल्ला इन्चार्ज पदम बहादुर मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका सरकारी कार्यलका प्रमुखहरु, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष दिनेश पोखरेल, राजनीतिदलका प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *