प्रयाप्त मल आयात भए पनि कृषकले मल नपाएको गुनासो

सिन्धुली/ सिन्धुलीमा एक वर्षमा ४ हजार ६ सय ९९ सय मेट्रिक टन रासायनिक मल आयात भएको छ भने १ सय ९४.४० मेट्रिक टन मल स्टक रहेको कृषि सामाग्रि कम्पनीले जनाएको छ ।
कार्यालयको अनुसार यस आ.व. ०८१/०८२ मा ४ हजार ६ सय ९९ सय मेट्रिक टन मल आयत भएको हो । प्रयाप्त मल आयात भए पनि कृषकले मल नपाएको गुनासो गर्ने गरेका छन् ।
सिन्धुलीमा रहेको ६२ हजार ७ सय १३ हेक्टर खेतियोग्य जमिनमा कृषि उत्पादनको लागि युरिया ३ हजार १ सय १४ मेट्रिकटन, डिएपी १ हजार ५८ मेट्रिक टन र पोटास ८ सय १२ मेट्रिक टन आवस्यक पर्दछ । सिन्धुलीमा खेतियोग्य जमिन मध्य करिब ८० प्रतिशत जमिनमा कृषि उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ।
यस आ.व. ०८१/०८२ मा यूरीया मल ३ हजार २ सय ८६ मेट्रिक टन आयत भएको थियो । त्यस्तै डिएपी मल १ हजार ३ सय १७ र पोटास मल ९६ मेट्रिक टन गरी जम्मा ४ हजार ६ सय ९९ सय मेट्रिक टन मल आयत भएको कार्यलयका प्रमुख छविलाल शर्माले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
हाल कृषि समाग्रि कम्पनीमा हाल पनि विभिन्न प्रकारको मल १ सय ९४.४० मेट्रिक टन मल स्टक रहेको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । प्रयाप्त मल आयात भएपनि सामाग्रि कम्पनिबाट मल विक्रि वितरण गर्न स्थानीय सरकारको सिफारिमा सहकारी संस्थाले कृषकलाई वितरण गर्ने व्यवस्था भएकोले र स्वीकृत प्राप्त सहकारीले समयमा आपुर्ति नगरिदिदा कृषकले प्रयाप्त मल नपाएको गुनासो आउने कार्यालय प्रमुख शर्माले बताउनुभाये ।
आपुर्ति कर्ता र विक्रेता विचको तालमेल नमिल्दा र कृषकलाई विक्रि केन्द्र पायक नपर्दा पनि मल नपाएको गुनासो आउने गरेको प्रमुख शर्माले बताउनुभयो । कार्यालय प्रमुखका अनुसार सबै भन्दा धेरै यूरिया मलको माग हुने भए पनि सरकार बाटै कम आउने हुनाले सिजनको समया यूरिया मल अभाब हुनेगरेको छ।
चैत, बैशाख, जेष्ठ महिनामा तीनपाटन, फिक्कल, घ्याङलेख, सुनकोशी लगाएका पालिकाहरुमा यूरिया मलको अभाव हुने गर्दछ भने असारे धान रोप्ने अर्थात जेष्ठको तेस्रो हप्ताबाट कमलमाई नगरपालिका, दुधौली नगरपालिकाका क्षेत्रहरुमा यूरिया मलको अभाव हुने गरेको कार्यालय प्रमुखका शर्माले बताउनुभयो ।
सो कार्यालयको तथ्याङ्क अनुसार यस आव ०८१/८२ मा ९ ओटा स्थानीय तहमा यूरिया मल १ हजार ५ सय ३१.०५ मेट्रिक टन आयत भएको छ, भने डिएपी मल ८ सय ५६.३५ मेट्रिक टन आयत भएको छ । साथै पोटास मल ४५.९५ आयत भएको उल्लेख गरिएको छ ।
तथ्याङ्क अनुसार कमलामाई नगरपालिकामा यूरिया मल २ सय ९२.१५ मेट्रिक टन, डिएपी मल १ सय ६३.९० मेट्रिक टन, पोटास मल १०.५० मेट्रिक टन र दुधौली नगरपालिकामा यूरिया मल २ सय १.३० मेट्रिक टन, डिएपी मल २ सय २४.३० मेट्रिक टन र पोटास मल ६.०५० मेट्रिक टन वितरण गरीएको छ ।
त्यस्तै तीनपाटन गाउँपालिकामा यूरिया मल १ सय ४०.४० मेट्रिक टन, डिएपी मल २ सय १.६० मेट्रिक टन, पोटास मल ७ सय मेट्रिक टन, सुनकोशी गाउँपालिकामा युरिया मल १ सय २८.१० मेट्रिक टन, डिएपी मल १ सय ८.१० मेट्रिक टन, पोटास मल १२.७५ मेट्रिक टन मल वितरण गरीयको हो ।
घ्याङलेख गाउँपालिकामा यूरिया मल ३.२५ मेट्रिक टन, डिएपी मल ७.९५ मेट्रिक टन, पोटास मल ०.२० मेट्रिक टन, गोलन्जोर गाउँपालिकामा यूरिया मल १ सय ७२.६० मेट्रिक टन, डिएपी मल ३९.२५ मेट्रिक टन, पोटास मल २.८५ मेट्रिक टन, मरिण गाउँपालिकामा यूरिया मल २ सय ६६.०५ मेट्रिक टन डिएपी मल ६९.० मेट्रिक टन पोटास मल ३.७५ मेट्रिक टन वितरण गरीएको शर्माले बताउनुभयो ।
यस्तै फिक्कल गाउँपालिकामा यूरिया मल ८७ मेट्रिक टन, डिएपी मल १८.९५ मेट्रिक टन पोटास मल १ मेट्रिक टन र हरिहरपुरगढी गाउँपालिकामा यूरिया मल १ सय ६०.२०, डिएपी मल २२.५० मेट्रिक टन पोटास मल १.६५ मेट्रिक टन वितरण गरीएको कार्यालयले जानकारी दिएको छ ।