गोलन्जोर गाउँपालिका एकै परिवारका १६ जना चार दिन देखि सम्पर्क विहिन

सिन्धुली/सिन्धलीको गोलन्जोर गाउँपालिका वडा नं. ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा हायु परिवारका एकै घरका १६ जना चार दिन देखि सम्पर्क विहिन भएका छन् ।
गोलन्जोर गाउँपालिका ६ का वडा अध्यक्ष रविन श्रेष्ठको अनुसार उर्मिला हायु सहित १६ जना परिवार ४ दिन देखि सम्पर्क विहिन भएका हुन् ।
उक्त परिवारमा १६ जना सदस्य एकै घरमा बस्दै आईरहेका थिए ।सो घटना थाहा पाउन साथ प्रहरी घटना स्थालमा पुगेको थियो । घरमा पुग्दा घरको पालीमा आगलागी भएको र सामान्य क्षति रहेको भेटिएको छ भने अलपत्र अवस्थामा पशु, पंक्षिहरु भेटिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
हायु परिवारको घरमा पुग्न छिमेकीको घरबाट करीब १५ मिनेट देखि २० मिनेटसम्म समय लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले बताउनुभयो । प्रहरीको अनुसार स्थानिय जनप्रतिनिधि र प्रहरी लगाएतको सहयोगमा सो परिवारको खोजी कार्य भईरहेको छ ।