शिद्धबाबा प्लस टू मेनेजमेन्टद्धारा विद्यार्थीहरुसंग अभिमुखिकरण

सिन्धुली/शिद्धबाबा प्लस टू मेनेजमेन्ट कलेज सिन्धुलीले आज कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम गरेको छ ।

शिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेज सिन्धुलीका अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम गरिएको हो । प्रमुख अतिथि लामाले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । अभिमुखिकरणमा विद्यार्थीहरुले पढाइमा अव्वल भएर मात्र नहुने, आत्सम्मान, सँस्कार शिक्षा लगायतका कुरामा पनि उत्तिकै ख्याल गर्नुपर्ने सुझाव दिइएको छ ।

कार्यक्रमकै अवसर पारेर गत वर्ष विद्यालयमा भर्ना भई हाल कक्षा १२ मा प्रवेश गरेका र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई खादा र अविर लगाई सम्मान गरिएको छ । त्यस्तै कक्षा ११ बाट १२ मा प्रवेश गर्दा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरुलाई जनही ६० हजार, ३० हजार र १५ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको क्याम्पस प्रमुख राहुल सिंहले जानकारी दिनुभयो । साथै वहाँले सकेसम्म बालबालिकाहरुमा सँस्कार सहितको शिक्षा प्रदान गर्न विद्यालयले हरप्रयत्न गरिरहेको बताउनुभयो ।

यस वर्ष शिद्धबाबा प्लस टू मेनेजमेन्टमा कक्षा ११ मा भर्ना हुन आएका ९४ जना विद्यार्थीहरु इन्ट्रान्स परीक्षामा सहभागी भएका थिए । प्रवेश परीक्षामा सहभागी भई उत्कृष्ट अंक प्राप्त गर्ने तीन जनालाई विशेष छुट दिने जानकारी गराउँदै खादा र अविर लगाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक तथा कर्मचरीलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *