सफलताको गर्विलो नाम : उपेन्द्र, जसले पैदल यात्राबाटै पाथिभाराको दर्शन गरे

सिन्धुली/मानिसको रहर र चाहना फरक फरक हुन्छन् । समान चाहना राख्नेहरुको पनि सबै पूरा हुन्छन् भन्ने छैन । कतिपय रहरहरु पूरा हुन्छन् भने कतिपय रहरहरु विभिन्न कारणले मार्नुपर्ने पनि हुन्छ ।

कसैको यात्रा फगत ‘यात्रा’ मात्र हुँदैन । त्यसभित्र खास उद्देश्य र योजना जोडिएको हुन्छ । कुनै खास कारण बिना फगत यात्रा मात्रै गर्नेहरु थोरै मात्र भेटिन्छन् । यस्तै खास उद्देश्य सहित पैदल यात्रामा निस्किएको एक यात्रीको नाम हो उपेन्द्र यादव ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नं.४ कर्मा बस्ने उपेन्द्र यादवले दुधौली नगरपालिका वडा नं. ४ देखी ताप्लेजुङको पाथिभारा सम्म पैदल यात्रागर्नु भएको छ । यादवले यहि जेठ ९ गते देखी ९ दिन सम्म निरन्तर पदैल यात्रा गरेर पाथिभारा माताको दर्शन गर्न पुग्नुभएको हो । पाथीभारा माता निकै शक्तिशाली र आस्थाको धरोहर भएको सुनेकाले एकपटक पैदल यात्रा गरेरै दर्शन गरौँ भन्ने लागेर पैदल यात्रामा निस्किएको यादवले बताउनुभयो ।

पैदल यात्रा गरेर पाथिभारा पुग्नेहरु निकै कम भएको आफूले थाहा पाएकाले आफ्नो ठाउँको नाम राख्न र युवाले चाहेमा जस्तोसुकै अप्ठेरो कर्म पनि सम्भव हुनसक्छ भन्ने उदाहरण दिन पैदल यात्रा गरेको यादवले सुनाउनुभयो । खासमा आफ्नो नगर, वडा र देश चिनाउने उद्देश्यले ९ दिन सम्म निरन्तर पैदल यात्रा गरेर यादव पाथिभारा पुग्नुभएको हो ।

पैदल यात्रामा निस्किँदा सहयोग गर्ने साथीभाई, वडा कार्यालय तथा सहयोगी सवैलाई सम्झँदै यादवले भन्नुभयो ‘मेरो यात्रा एक्लै सम्भव भएको हैन । यसमा सहयोग गर्ने सम्पूर्णलाई म धन्यवाद भन्न चाहान्छु । यात्रा मैले पूरा गरेँ, पाथिभाराको दर्शन पैदल यात्राबाटै मैले गरेँ । तर यो यात्रामा म एक्लो थिइँन ।’

यात्रामा सहज र असहज अवस्था आउनु सामान्य कुरा भएको यादवको अनुभव छ । यात्रा गर्दा सकेसम्म पैसा, गहना र मंहगा सामान बोक्न नहुने वहाँको सुझाव छ । धरान सम्मको यात्रा सहज भएपनि तत्पश्चातको यात्रामा केहि कठिानाइ भोग्नुपरेको अनुभव वहाँले सुनाउनुभयो । पैदल यात्रा गर्दा सकेसम्म हलुका खानेकुराहरु काजु, बिस्कुट तथा सातु जस्ता खानेकुराह? लैजान पैदलयात्रीलाई यादवले सुझाव दिनुभएको छ ।

कक्षा १२ सकेर बस्नुभएका यादव अहिले आफ्नै वडामा कृषि पेशामा व्यस्त हुनुहुन्छ । पैदल यात्रा सकेर फर्किएपछि यादवलाई केहि व्यक्ति तथा संघसँस्थाहरुले सम्मान गरेका छन् । माया र सम्मानले आगामि दिनमा पैदल यात्रा गर्न हौसला मिलेको यादवले बताउनुभयो । पैदल यात्राबाटै आस्था र विस्वासको धरोहर पाथिभारा माताको दर्शन गरेर फर्किएका यादवको जिन्दगीको बाँकी यात्रा अझै सहज बनोस्–शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *