४ लाख ५० हजार मुल्य बराबरको बील नभएको कपडा बरामद

सिन्धुली/सिन्धुलीको इलाका प्रहरी कार्यालय कपिलाकोटले बिल नभएको ४ लाख ५० हजार १ सय रुपैयाँ मुल्य बराबरको कपडाहरु बरामद गरेको छ ।

आइतबार सर्लाही परवानीपुरबाट मरिण छापको बाटो हुँदै आएको ना.५ ख ५२२४ नम्बरको बसलाई कपिलाकोटबाट गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बिल नभएका कपडाहरु बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका कपडाहरुमा सुतीको साडी १ लाख ७५ हजार मुल्य बराबर, २ लाख २५ हजार मुल्य बराबरको कुर्था सलवार, १ हजार पाँच सय मुल्यका सलवार, ३ हजार ६ सय मुल्य बराबरका पेटीकोट, १० हजार मुल्यका चोलो रहेका छन् ।

त्यस्तै १५ हजार मुल्य बराबरको थान कपडा, १५ हजार मुल्य बराबरका लेहंगा र ५ हजार मुल्य बराबरको बनारसी साडी बरामद गरिएको प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो । बरामद गरिएका बिलमा उल्लेख भएभन्दा फरक परेका कपडाहरु आवस्यक कारावहीका लागि आज राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *