मरिणमा चिन सरकारको सहयोगमा ४० विगाहा क्षेत्रफलमा बदशाला निर्माण गरिने

सिन्धुली/नेपाल सरकार र चिन सरकारबीच भएको सम्झौता अनुसार राँगाको मासु चिन निर्यात गर्ने उद्देश्यले मरिणमा मासु कटिङ गर्ने बदशाला निर्माण कार्य सुरु भएको छ ।

मरिण गाँउपालीका ४ सहानमा चिन सरकारले करिव ४० विगाहा क्षेत्रफलमा मासु कटिङ गर्न बद्शाला (स्टल) बनाउन तयारी सुरु गरेको हो ।

चाईनिज कम्पनी हिमालयन फुडका इन्जिनियर, मरिण गाँउपालिका अध्यक्ष विर्मश मोक्तान(प्रख्यात) को टोलीले सटर वनाउने स्थानको माटो परीक्षणको लागि हिजो निरीक्षण गर्नु भएको थियो । माटोको रिपोर्ट आएको १५ दिन पछि मासु मेसीङ गर्ने सटर निर्माणको काम सुरु गरिने र मरिणमा कटिङ भएको राँगाको मासु कन्टेनर मार्फत चिन सप्लाई गरिने छ।

नेपालकै किसानले पालेको जोन क्षेत्रवाट ल्याएका राँगा, भैसी ल्याएर मरिणको सहानमा मासु कटिङ गरिने । सहानमा राख्ने मेसिनको दैनिक ५ हजार राँगा कटिङ गर्न सक्ने क्षमताको हुने छ ।

चाईनीज कम्पनीले ईलाम, सिन्धुलीको हरिहरपुरगढी, मकवानपुरको वागमती र वकैयाँ गाँउपालिकालाई राँगा जोनको रुपमा विकास गर्ने प्रक्रिया अगाडी बढेको चाईनिज कम्पनी हिमालयन फुड इन्टरनेसनल कार्यकारी निर्देशक गंगाराम गौतमले जानकारी दिनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *