एकीकृत घुम्ती शिविरबाट १ हजार ५ सय बढी नागरिक लाभान्वित

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाले सन्चालन गरेको एकीकृत घुम्ती शिविरबाट १ हजार ५ सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । गाउँपालिकाले यहि पुस १ गतेबाट नौ दिने एकीकृत घुम्ती शिविर सन्चालन गरेको थियो ।

नागरिकको आवश्यकताका आधारमा शिविर सञ्चालन गर्दै आएकोले पालिकाको सेवा टोलटोलमा पु¥याएर स्थानीय सरकारको आभास दिइएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो ।

पालिकाभित्रका विभिन्न वडाका टोलटोलमा पुगेर शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक सुरक्षा भत्ता, लगायत सेवा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराले जानकारी दिनुभयो ।

शिविर मार्फत गाउँपालिका भित्रका २ हजार ३४ जना मध्ये ७० प्रतिशत ज्येष्ठ नागरिक,एकल महिला,शारिरिक अस्वस्थ तथा अन्य व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको पञ्जिकरण शाखा प्रमुख मनोराज घिसिङले जानकारी दिनुभयो ।

कृषि शाखा प्रमुख प्रवेश देवकोटाका अनुसार १९० जनामा कृषि सेवा प्रदान गरिएको छ । गाउँपालिकाको ८ वटै वडाका कृषकलाई आवश्यक अनुरुपको सेवा प्रदान गरिनुका साथै किसान सुचिकरण गरिएको हो । त्यस्तै शिविर मार्फत २६६ जनाले पशु सेवा लिएको पशु शाखा प्रमुख विपिन जङ्ग राईले जानकारी दिनुभयो । कृषकले पशुचौपायलाई आवश्यक औषधि तथा उपचार गराएका थिए ।

गाउँपालिकाको विभिन्न सामुदायिक स्वास्थ्य इकाई मार्फत स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा ३८१ जना बालबालिका तथा बृद्धबृद्धा लगायत अन्य नागरिकको एमबिबिएस डाक्टरले स्वास्थ्य परिक्षण गरेर टोलमै सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख मनोज कुमार सुयालले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *