जिल्लाको सरकारी कार्यालयहरुको प्रथम अर्धबार्षिक प्रगति समीक्षा

फागुन २४,सिन्धुली/बागमती प्रदेशका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले बजेटको बाँडफाड प्रक्रिया आवश्यकता भन्दा पहुँचको आधारमा हुने गरेको बताउनु भएको छ ।
जिल्ला स्थित संघ तथा प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयहरुको आर्थिक बर्ष २०८०/८१ को प्रथम अर्धकार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले जव सम्म आवश्यकताको आधारमा बजेट बाँडफाड प्रक्रियाको थालनी हुँदैन तव सम्म जनताले खोजेको रुपान्तरण सम्भव नभएको बताउनु भएको हो ।
मन्त्री श्रेष्ठले नेतृत्वहरुबिच हुने सेटिङ संस्कारको अन्त्य नभएसम्म नङ, कपाल बढेजस्तो एउटा नियमित प्रक्रिया भइरहला तर नागरिकले खोजेको रुपान्तरण, परिर्वतन, विकास र समृद्धि सम्भव नहुने बताउनुभयो ।
त्यस्तै बागमती प्रदेशका सांसद मातृका भट्टराईले संघ,प्रदेश र स्थानीय सरकारको काम स्पष्ट छुट्टिनु पर्ने बताउनु भयो । तीन वटै सरकारको काम स्पष्ट नहुँदा विकास निर्माणमा समस्या भइरहेको सांसद भट्टराईको भनाई छ ।
जनप्रतिनिधि र कर्मचारीले नयाँ तरिकाबाट कार्य सम्पादनमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा बागमती प्रदेश सांसद राम कुमार पहाडि,शुष्पा भुजेल,समन्वय उपप्रमुख शान्ता कार्कीको उपस्थितीमा जिल्लाका २१ वटा सरकारी कार्यालयहरुले अर्धबार्षिक प्रगति प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *