जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको नयाँ कार्यक्रम ‘पथ्य आहार’

पुस ५, सिन्धुली/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले सेवाग्राहीहरुको लागि ‘पथ्य आहार’ कार्यक्रम सुरु गरेको छ । सेवाग्राहीहरुलाई नयाँ ढङ्गबाट सेवा प्रदान गर्नको लागि आयुर्वेदले प्रत्येक हप्ताको बिहिबार ‘पथ्य आहार’ कार्यक्रम सुरु गरेको हो ।
सो कार्यक्रममा प्रत्येक बिहिबार सेवा लिन आएका विरामीहरुलाई कुन समयमा कुन खाना खाँदा उपयुक्त हुन्छ भनेर कार्यलयमै खाना बनाएर खुवाइने जिल्ला आयुर्वेदका सुचना अधिकृत दिपक तिमल्सीनाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “विरामीहरुलाई समय अनुसार खाना खाने गर्नुपर्छ भनेर मुखले मात्रै भनेर पठाउँदा खासै उपलब्धी देखिएन । त्यसैले हामीले बिहिबार सेवा लिन आउँने बिरामीहरु सबैलाई कार्यलयमै व्यवहारिक रुपमा पकाएर खुवाउँछौँ” ।
खानपिनको कारणले मानिसहरुलाई विभिन्न प्रकारका रोगले सताउँने भएकोले खानपिन खाँदा समय अनुसार खानुपर्ने सन्देश दिनको लागि सो कार्यक्रम उपयुक्त मानिने उहाँले बताउनु भयो ।
“भोजनले शरीरको सात धातु (रस, रक्त, मासु, हड्डी, मज्जा वा शुक्र) बनाउँछ । इन्द्रियलाई उर्जा दिन्छ । भोजनले शरीरको विकास गर्ने र त्यसलाई निरोगी बनाउने काम गर्छ । त्यसैले भोजन गर्नुअघि त्यसको सही चयन गर्न सक्नुपर्छ । अर्थात त्यसमा आवश्यक तत्व, कार्बोहाइड्रेट, बोसो, प्रोटिन, भिटामिन, खनिज, लवण र जल हुनुपर्छ ।” अधिकृत तिमल्सीनाले थप्नुभयो ।
चालु आर्थिक बर्षबाट नयाँ कार्यक्रम ‘पथ्य आहार’ सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *