संघिय कर्मचारी र स्थानीय बिच सेवा,सुविधा तथा निवृत्तिभरणमा विभेद भयोः अध्यक्ष केसी
 
 						भदौ २२, सिन्धुली/नेपाल राष्ट्रिय कर्मचारी संगठन(स्थानीय) सिन्धुलीका अध्यक्ष सुदिप केसीले संघिय कर्मचारी र स्थानीय बिच विभेद भएको बताउनु भएको छ । शुक्रबार(आज) निजामती सेवा दिवसको वहिस्कार गर्नुहुँदै अध्यक्ष केसीले संघिय कर्मचारीले पाइरहेका सेवा, सुविधा तथा निवृत्तिभरणमा स्थानीय कर्मचारीले नपाएको बताउनु भएको हो ।
स्थानिय कर्मचारीको वृद्धि विकासमा स्पष्ट व्यवस्था नगरिएको उहाँको भनाई छ । केसीले भन्नुभयो “कर्मचारी सरुवामै विभेद छ । संघिय कर्मचारीलाई चक्रिय प्रणालीको व्यवस्था छ तर स्थानीय कर्मचारीलाई सहमतीको सरुवा हुने गर्दछ । अन्तरप्रदेश सरुवाको व्यवस्था छैन”
निजामतीकै भाषामानै स्थानीय तहमा कार्यरत कर्मचारी नराखिएको भन्दै अध्यक्ष केसीले आपत्ति जनाउनु भएको छ । “हामिले किन मनाउने निजामती सेवा,हामिलाई निजामतीकै भाषामा आज पनि समेटिएको छैन” उहाँले थप्नुभयो ।
संघिय कर्मचारीलाई जुनसुकै सेवामा प्रवेश गरेपछि उमेदहद नलाग्ने तर स्थानीय कर्मचारीलाई उमेदहद लाग्ने बताउनुहुँदै उहाँले स्थानीय कर्मचारी एकपटक जुनसुकै प्रवेश गरेपछि अर्को तहमा जादा सेवा अवधि नजोडिने भएकाले असन्तुष्टि व्यक्त गर्नुभयो ।
साथै अध्यक्ष केसीले संघिय कर्मचारी ठुलो र स्थानीय कर्मचारी सानो भन्ने आसयको संघिय निजामती ऐन आउन लागेकोले स्थानीय कर्मचारीले निजामती दिवस नमनाउने निर्णय भएको बताउनुभ भएको छ ।
संविधानको मर्म विपरित निश्चीत कर्मचारीहरुको स्वार्थको कारणले संघियतालाई नै आच आउने गरि ऐन आउन लागेकोले अध्यक्ष केसीले असन्तुष्टि व्यक्त गर्नुभयो। “जो जनताको विचमा बसेर सेवा प्रदान गरिरहेको छ । जनताको निकट छ । त्यस्ता कर्मचारीलाई नै दोस्रो दर्जाको कर्मचारी वनाएर कर्मचारीहरु विचनै मालिक र नोकरको अवस्था सिर्जना नहोस् ।” उहाँले भन्नुभयो ।
कर्मचारीहरुलाई समान सेवा ,सविधाको अवसर प्रदान गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।


 सिन्धुली खबर
								सिन्धुली खबर								
 
 														 
 														 
 														 
 														 
 														 
 										 
 										 
 										 
 										 
 										 
 										 
 										