हङकङलाई १३ रनले हराउँदै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

भदौ ९, सिन्धुली/आज मलेसियाको राजधानी क्वालालम्पुरमा भएको महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।

बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपहिला बलिङ गर्ने निर्णय गर्‍यो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनाएको थियो।

एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो ।

इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेलिरहेका थिए। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।

महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *