सिन्धुलीमा लडेर भारतीय नागरिकको मृत्यु

भदौ ३, सिन्धुली/सिन्धुलीमा लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । आज साँझ ५ बजे दुधौली नगरपालिका वडा नम्बर २ आँपभन्ज्याङ स्थित गोरेटो बाटोमा अचानक लडेर भारतीय नागरिक सितामडि चकमैला यादब चोकका अन्दाजी ३३ बर्षीय सुनिल कुमार यादबको मृत्यु भएको हो ।
दुधौलीको लङ्गुर खोलाको मधुगंगाा महादेवको दर्शन गर्न भारतबाट परिवार सहित आएका यादवको मन्दिर जादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
लडेर घाइते भएका यादवलाई उनको छोरा र स्थानीयले उपचारको लागि सोहि स्थानको आँपभन्ज्याङ सहरी स्वास्थ्य क्लिनिकमा लगेपनि स्वास्थ्यकर्मीले मृत्यु भैसकेको बताएका थिए ।
मृततको शव पोसमार्टमको लागि सिन्धुली अस्पताल सिन्धुली ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *