अधिवक्ता पाण्डे र प्रहरी कार्कीलाई कारबाहीको माग गदैँ सिडिओ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र, सिन्धुलीमा बृहत बिरोध प्रदर्शन
साउन २२,सिन्धुली/विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउको माग गर्न शान्तिपुर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई हिरासतमा लिएर यातना दिने टेकु प्रहरी प्रमुखलाई कारबाहीको माग गदैँ आज सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति सिन्धुली,नेपाल मगर संघ जिल्ला कार्यसमिति सिन्धुली,नेपाल आदिवासी जिल्ला समन्वय समिति सिन्धुली र नेपाल मुस्लिम संघ सिन्धुलीले कारबाहिको माग गदैँ ज्ञापनपत्र बुक्राएको हो ।
प्रदर्शकारीहरुले सिन्धुलीमाढीमा आज बृहत बिरोध प्रदर्शन गरेका थिए । तामाङ,मगर र मुस्लिम समुदायलाई अपमानित ढंगले राष्ट्रिय टेलिभिजनमा अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे र कारबाहीको माग गदैँ गरिएको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई हिरासतमा लिई गम्भिर यातना दिने टेकुका प्रहरी प्रमुख दान बहादुर कार्कीलाई समेत पक्राउ गरी आवश्यक कारबाहिको माग गदैँ जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका थिए ।
बिरोध प्रदर्शनको लागि सिन्धुलीका ९ वटै पालिकाबाट भेला भएका तामाङ,मगर र मुस्लिम समुदायका प्रदर्शकारीले सिन्धुलीको लोकतान्त्रिक चौरबाट चर्को नाराबाजी गदैँ जिल्ला प्रशासन कार्यालय सिन्धुली घेराउ गरेका थिए । सामाजिक सद्भाव खलबलिने किसिमले अभिव्यक्ति दिने पाण्डेलाई राजनितिक आडको भरमा पक्राउ गरेर पनि छोडिदिएको भन्दै प्रदर्शनकारीले घोर भत्र्सना गरेका छन् ।
भगवती पाण्डेलाई तत्काल गिरफ्तार गर,अपराधिलाई बारबाहि गर,टेकु प्रहरी परिसरका प्रमुख लाई निलम्बन गर,घाइतेहरुको उपचार सहित उचित क्षतिपुर्तिको व्यवस्था गर, लगायतका नारा लगाउँदै प्रदर्शनकारी पुनःजुनारचोकमा आएर कोणसभामा परिणत भएका थिए ।
कानुन व्यवसायी पाण्डेले गत साउन ७ गते एक राष्ट्रिय टेलिभिजनको अन्र्तवार्तामा संविधानको विपरित तामाङ,मगर र मुस्लिम समुदायले दाजु बहिनीमा विवाह गर्ने र त्यस्ता विवाहबाट जन्मने सन्तान अपराधिक क्रियाकलापमा लाग्ने लगायतको अभिव्यक्ति दिएर अपारधिकरण गर्न खोजिएको भन्दै देशैभरका तामाङ,मगर र मुस्लिम समुदाय प्रदर्शनमा उत्रिएका हुन् ।