माओवादी केन्द्रले पाँच बर्ष नै सरकार चलाउनु पर्छ : नेता दाहाल
 
 						फागुन १२, सिन्धुली/संसदमा नेकपा (माओवादी केन्द्र) तेस्रो शक्ति भएपनि पाँच वर्ष नै माओवादीको नेतृत्वमा नै सरकार सञ्चालन गर्नु अबस्था आएको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले बताउनु भयो ।
नेता दाहालले ठूला दुई शक्तिले एक अर्काले विश्वास गर्न सक्ने परिस्थिति नभएकोले तेस्रो शक्तिले नै पाँच बर्ष सरकार सञ्चालन गर्नुपर्ने अवस्था भएको वताउनुभयो । माओवादि केन्द्र जिल्ला समन्वय समिती सिन्धुलीको पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै दाहालले एमालेसँग कम्युनिष्ट धारा, बिचार मिलेपनि केपी ओलीको अब्यवहार कारण अब एमालेसँग तालमेल हुने जस्तो नदेखिएको बताउनु भयो ।

स्थायी कमिटी सदस्य दाहालले बिश्वाशको मत लिने समयमा संसद बिघटनका कुरा सँसदमा नउठाउने सर्तमा एमालले बिश्वासको मत दिएको बताउनु हुँदै दाहालले नेकपा एमालेमा सालिन ब्यबहार भएका पनि नेता भएकाले फेरि पनि एउटै पार्टी भित्र रहेर काम गर्न मन छ तर केपी ओली प्रबृतिले आजित रहेको तर्क ब्यक्त गर्नुभयो ।
त्यस्तै दाहालले माओवादी पार्टी नीतिगत रुपमा जनता माझ पुगे पनि प्राथमिकतामा के राख्ने भन्ने बिषय भुलेरै कमजोर देखिएको बताउनु भयो । जनतासँग एकाकार भएर जान नसकीरहेका उहाँले बताउन भयो । पार्टी भित्रको गुट, उपगुट रच्ने ब्यक्तिको कहिल्यै भलो नहुने समेत स्थायी कमिटी सदस्य दाहालले बताउनु भयो ।

माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन) ले पार्टी भित्र निष्क्रिय रहने अनि पद खोज्न आउने प्रबृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भयो । जनताको घरदैलोमा भएका समस्या बुझ्नको लागी कहिल्यै नजाने ब्यक्ति राजनितक क्षेत्रबाट बिस्थापित हुनुपर्ने इन्जार्ज दाहालले बताउनु भयो । सिन्धुलीका सम्पुर्ण स्थानीय तहमा वडा स्तर बाटै वडा कमिटी गठन गरेर बिश्वासका साथ अडि बढ्नको लागि इन्तार्ज दाहालले जोड दिनु भएको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य बसन्त माझिले माओवादी पार्टीले १० बर्ष सम्म घर, परिवार छोडेर जनयुद्धमा लागेका ब्यक्तित्वलाई सम्मान ब्यबहार देखाउन नसक्दा पछिल्ला पुस्तामा अन्योलता पैदा भइरहेको बताउनु भयो ।
बैठकलाई सम्बोधन गर्नुहूदै माओवादी केन्द्रका सदस्य दिर्घराज श्रेष्ठले दिनानुदिन पार्टी खस्किनुको बिषयमालाई गहन छलफल गर्न जरुरी रहेको बताउनु भयो । केन्द्रका नेतृत्वका कारण पार्टि खस्कियो भन्नु उचित नभएको बताउनु हुँदै श्रेष्ठले अबका दिनमा चुनावको समयमा बनाइएका संघ संगठनलाई ब्युताएर सक्रिय रुपमा सन्चालन गर्न आबश्यक देखिएको बताउनु भयो ।
माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव प्रकाश श्रेष्ठले समाज निर्माण गर्न हिडेका माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहशिल हुनुपर्ने बताउनु भयो । पद र स्वार्थका लागी राजनितिक गर्ने पद्धति माओवादी भित्र नरहेको बताउनु हुँदै श्रेष्ठले त्यस्ता ब्यक्ति माओवादी नै नहूँने बताउनु भयो । बैठकमा ९ वटै पालिकाका माओवादी केन्द्रका पालिका अध्यक्षले आफ्नो आफ्नो पालिकाको रिपोटिङ गरेका थिए ।


 सिन्धुली खबर
								सिन्धुली खबर								
 
 														 
 														 
 														 
 														 
 														 
 										 
 										 
 										 
 										 
 										 
 										 
 										